काँग्रेस केन्द्रीय कार्यालयमा शेखर कोइराला पक्षकाे विरोध प्रदर्शन


खबरस्टोरी संवाददाता
२७ असार २०७९, सोमबार
काँग्रेस केन्द्रीय कार्यालयमा शेखर कोइराला पक्षकाे विरोध प्रदर्शन
काठमाडौँ। नेपाली काग्रेसका नेता डा.शेखर कोइरालाका पक्षले पार्टी केन्द्रीय कार्यालय सानेपामा विरोध प्रदर्शन गरेका छन् । पार्टी केन्द्रीय कमिटी बैठक बस्न लागेका क्रममा उनीहरुले पार्टी विधान पूर्ण पालनाको माग गर्दै प्रदर्शन गरेका हुन् । 

उनीहरूले भ्रातृ संगठनहरूमा भएको मनोनयन र विधानबमोजिम काम नभएको भन्दै , नेपाली काँग्रेसभित्र समान र न्यायपूर्ण प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग अघि सारेका छन् । 

सरकारले प्रदर्शन रोक्न पार्टी कार्यालय परिसरमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । जहाँ मिडियाकर्मी लगायत अन्य कसैलाई उभिन समेत दिइएको थिइएन्। प्रदर्शनकारीले ‘हामी केही जान्दैनौ, एकाधिकार मान्दैनौ’ भन्ने नाराबाजी गरेका छन् ।