स्थानीय तह निर्वाचन समीक्षा र विविध विषयमाथि छलफल गर्न काँग्रेस भोलि दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्दैछ ।
पार्टीको पदाधिकारी बैठक र कोइराला समूहको छलफलको समय भने जुधेको छ । महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे बालुवाटार समूहको बैठकपछि मात्र सानेपा जाने तयारीमा छन् ।