शशांकलाई निर्वाचन आयोगले पत्र पठाउने


खबरस्टोरी संवाददाता
२८ चैत्र २०७८, सोमबार
शशांकलाई निर्वाचन आयोगले पत्र पठाउने
काठमाडौँ ।  नेपाली कांग्रेसका नेता शशांक कोइरालालाई निर्वाचन आयोगले पत्र पठाउने तयारी थालेको छ । 

शनिबार एक सार्वजनिक कार्यक्रममा कोइरालाले ७४ को चुनावमा आफुले ६ करोड खर्च गरेको अभिव्यक्ति दिएका थिए ।यद्यपी २०७४ सालको निर्वाचनमा आयोगले उम्मेदवारको खर्चको सीमा २५ लाख निर्धारण गरेको थियो । डा.कोइरालाले निर्वाचन आयोगमा बुझाएको चुनावी २१ लाख ७५ हजार मात्रै उल्लेख रहेको र सोहि विषयमा हालै मात्र दिएको अभिव्यक्ति बाझिएपछि आयोगले यसबारे कोईरालाई ध्यानाकर्षण गराउने भएको हो ।

आयोगका आज बस्ने बैठकले कोइरालालाई यसबारे थप प्रष्ट पार्न ध्यानाकर्षण पत्र पठाउने तयारी गरेको हो । । नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेता कोइरालाले विगतमाभन्दा चुनाव निकै खर्चिलो भएको र अब चुनाव लड्छु भन्नेबित्तिकै ६÷७ करोड चाहिने अवस्था रहेको भन्दै आफु तीन पटक चुनाव लड्दा पहिलोमा ८० हजार दोस्रोमा तीन करोड र अघिल्लो चुनावमा छ करोड रुपैयाँ खर्च भएको बताएका थिए ।