तत्कालिन सेनापति क्षेत्रीले एसपीपीमा संलग्न हुन पठाएको पत्र सार्वजनिक


खबरस्टोरी संवाददाता
३ असार २०७९, शुक्रबार
तत्कालिन सेनापति क्षेत्रीले एसपीपीमा संलग्न हुन पठाएको पत्र सार्वजनिक
काठमाडौँ । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुनका लागि नेपाली सेनाबाट कुनै पनि पत्र नपठाएको भनी दिएको स्पष्टीकरण गलत सावित भएको छ । 

सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार विज्ञप्ति जारी ‘एसपीपी’ सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेनासँग वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको दाबी गरेको थियो ।  

विहीबार तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले तत्कालीन अमेरिकी राजदूतलाई पठाएको पत्र सार्वजनिक भएको छ । एसपीपीमा संलग्नताका लागि तत्कालिन अमेरिकी राजदूतलाई पठाएको पत्र कान्तिपुर अनलाइनले विहीबार सार्वजनिक गरेको हो । 

सन् २०१५ को अक्टोबर २७ (२०७२ को कात्तिक १०) मा नेपाली सेनाका तत्कालीन प्रधानसेनापति क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी. टेप्लिजलाई सम्बोधन गर्दै गरेको पत्राचारमा नेपाली सेनालाई सहयोग गर्ने विषयहरू उल्लेख छ ।

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले तत्कालीन अमेरिकी राजदूतलाई पठाएको पत्र ः