टाउकोमा चोट लागेपछि मन्त्री रेग्मी अस्पताल भर्ना


खबरस्टोरी संवाददाता
२ बैशाख २०७९, शुक्रबार
टाउकोमा चोट लागेपछि मन्त्री रेग्मी अस्पताल भर्ना
काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी अस्पताल भर्ना भएकी छन् । टाउकोमा चोट लागेपछि मन्त्री रेग्मीलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको हो । 

मन्त्री रेग्मी सुत्ने क्रममा टाउको अकस्मात भित्तामा ठोक्किएर चोट लागेको थियो । टाउको ठोक्किएसँगै ज्वरो आउने र टाउको अत्यधिक दुख्ने समस्या भएपछि उनि एक हप्तादेखि मन्त्रीनिवास ललितपुरको पुल्चोकमा आराम गरेर बबसेकी थिहिन् । उनलाई टाउकोमा थप समस्या भएपछि उपचारका लागि बुधबार वीर अस्पताल भर्ना गरिएको मन्त्री रेग्मीकी बहिनी छलीकुमारी शर्माले जानकारी दिइन् ।

वीर अस्पतालमा एमआरआई गरेपछि मन्त्री रेग्मीको टाउकोको बाहिरी भागमा रगत जमेको पत्ता लागेको छ । जमेको रगत पातलो बनाउन उपचार अगाडि बढाइएको अस्पतालले जनाएको छ ।