काठमाडौँ। गएको आइतबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको महाधिवेशनको समय दुई दिन थप गरिएको छ। पुस १५ गतेसम्म तोकिएको महाधिवेशन निर्धारित समयमा नसकिने देखिएकाले दुई दिन थप गर्ने निर्णय भएको माओवादीले जनाएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरुले समय माग गरेका कारण महाधिवेशन लम्ब्याउने निर्णय गरिएको माओवादी नेताहरुले स्थायी कमिटी बैठकपछि बताएका हुन् । सकेसम्म पुस १६ गते नभए १७ गते महाधिवेशन सक्ने गरी निर्णय भएको हो ।