देउवा भन्छन्- असार दोस्रो साताभित्रनै नेविसंघलाई पूर्णता दिनेछौं


खबरस्टोरी संवाददाता
२९ जेष्ठ २०७९, आईतवार
देउवा भन्छन्- असार दोस्रो साताभित्रनै नेविसंघलाई पूर्णता दिनेछौं
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवंम प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले असारको  दोस्रो सातासम्म नेपाल विद्यार्थी संघलाई पूर्णता दिने बताएका छन् ।

उक्त संघका सभापति दुजाङ शेर्पाका अनुसार देउवाले केही दिनभित्रै समितिलाई पूर्णता दिने प्रतिबद्धता जनाएका हुन् । तर, समिति कति सदस्यीय बन्ने भन्ने अझै सम्म टुंगो लागिनसकेको उनले बताए । 

“शुक्रबार सभापतिलाई भेट्न शेर्पा बालुवाटर गएका थिएँ । भेटमा प्रधानमन्त्रीलाई उनले  समितिलाई पूर्णता दिन समेत अनुरोध गरे,” शेर्पाले भने,“उनले गृहकार्य भइरहेको र केही दिनभित्रै संघले पूर्णता पाउने बताए ।

यस्तै, त्रिभुवन विश्वविद्यालयमा ताला खोलिए पनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने विषयमा पनि आफूले आग्रह गरेको शेर्पाले जानकारी दिए ।