उक्त संघका सभापति दुजाङ शेर्पाका अनुसार देउवाले केही दिनभित्रै समितिलाई पूर्णता दिने प्रतिबद्धता जनाएका हुन् । तर, समिति कति सदस्यीय बन्ने भन्ने अझै सम्म टुंगो लागिनसकेको उनले बताए ।
“शुक्रबार सभापतिलाई भेट्न शेर्पा बालुवाटर गएका थिएँ । भेटमा प्रधानमन्त्रीलाई उनले समितिलाई पूर्णता दिन समेत अनुरोध गरे,” शेर्पाले भने,“उनले गृहकार्य भइरहेको र केही दिनभित्रै संघले पूर्णता पाउने बताए ।
यस्तै, त्रिभुवन विश्वविद्यालयमा ताला खोलिए पनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने विषयमा पनि आफूले आग्रह गरेको शेर्पाले जानकारी दिए ।