देउवा ओली भेटवार्ताः गठबन्धनले असहयोग गरे, एमसीसीमा साथ दिनुस्


खबरस्टोरी संवाददाता
१० फाल्गुन २०७८, मंगलवार
देउवा ओली भेटवार्ताः गठबन्धनले असहयोग गरे, एमसीसीमा साथ दिनुस्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री देउवाले नेता ओलीसँग गठबन्धनले आफुलाई असहयोग गरेको भन्दै एमसीसी अनुमोदनमा सहयोग गर्न आग्रह गरेका छन् ।

मंगलबार साँझ बालुवाटार पुगेका एमाले अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल पनि सहभागी थिए ।नेताहरुसँग प्रधानमन्त्री देउवाले करिब २ घण्टा छलफल गरेका छन् ।

नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्रीले गठबन्धनभित्रबाट आफूलाई असहयोग भएकाले संसदमा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेको जानकारी दिएका छन् ।सो भेटवार्तामा एमाले अध्यक्ष ओलीले भने आफूहरुको माग सम्बोधन नभएसम्म संसदीय प्रकृयामा प्रवेश नगर्ने बताएको उनले बताए ।