उच्च अदालत पाटनमा दुई कर्मचारीबिच कुटाकुट


खबरस्टोरी संवाददाता
२० असार २०७९, सोमबार
उच्च अदालत पाटनमा दुई कर्मचारीबिच कुटाकुट
काठमाडौं। उच्च अदालत पाटनमा कर्मचारीबिच कार्यकक्षमै कुटाकुट भएको छ। कार्यालयमा बसिरहेका उपरजिष्ट्रार रमेश श्रेष्ठमाथि शाखा अधिकृत हिरालाल भुसालले प्रहार गरेका हुन्।

आइतबार दिउँसो कार्यालय समयमा एक शाखा अधिकृत र उपसचिवबिच मुद्दाको विषयलाई लिएर विवाद चर्किएको थियो। विवाद उत्कर्षमा पुग्दा कुटपिट समेत भएको अदालतमा कार्यरत एक कर्मचारीले जानकारी दिए।