उपेन्द्र पक्षीय जसपा केन्द्रीय समितिको बैठक वीरगन्जमा सुरु


खबरस्टोरी संवाददाता
२९ असार २०७९, बुधबार
उपेन्द्र पक्षीय जसपा केन्द्रीय समितिको बैठक वीरगन्जमा सुरु
काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका (जसपा) अध्यक्ष उपेन्द्र यावद पक्षीय केन्द्रीय समितिको विस्तारित बैठक वीरगन्जमा सुरु भएको  छ । आज बुधवार वीरगञ्जमा सो पार्टीको केन्द्रीय समिति बैठकमा देशभरबाट करिव ६ सय जना सहभागी भएको जनाइएको छ । बैठक बिहीबारसम्म चल्नेछ।

बैठकमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्वागत मन्तव्य राखेका छन् । बैठकमा केन्द्रीय सदस्य, कार्यकारिणी सदस्यहरुसहित १३ जनाले मन्तव्य राख्ने कार्यक्रम रहेको छ । 

पार्टी विभाजनको तयारीमा रहेका जसपाका दुई प्रमुख नेता डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले छुट्टाछुट्टै बैठक र भेला सुरु गरेका छन्।