उपेन्द्र यादव सहभागी जसपा बैठकमा कुटाकुट भएपछि…


खबरस्टोरी संवाददाता
२५ जेष्ठ २०७९, बुधबार
उपेन्द्र यादव सहभागी जसपा बैठकमा कुटाकुट भएपछि…
जनकपुरधाम । स्थानीय तह निर्वाचनको समीक्षा गर्न बोलाइएको जनता समाजवादी पार्टी (जसपा) धनुषाको बैठकमा कुटाकुट भएको छ। लक्ष्मीनियामास्थित होटल बाबाको ढावामा मंगलबार बसेको जसपाको समीक्षा बैठकमा स्थानीय नेताहरूबीच  कुटाकुट भएको हो। बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी थिए ।

अध्यक्ष उपेन्द्र यादव सहभागी बैठकमा जसपा सबैला नगर अध्यक्ष बैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादवलगायत समूहले अन्तर्घात गरेको आरोप लगाएपछि विवाद उत्पन्न भएको बताइएको छ । मन्तव्य सकेर बसेलगत्तै उनलाई एक समूहले कुट्न थालेपछि केहिबेर तनाव सृजना भएको थियो। बैठकमा सहभागी एक नेताले सुनाए ।

त्यस्तै स्रोतका अनुसार बैठकमा भएको कुटाकुटमा तीन कार्यकर्ता घाइते समेत भएका छन् । उपाध्यक्ष यादव भने सामान्य विवाद भएको बताएका छन् । उनले एक पक्षले अर्को पक्षलाई अन्तर्घात भएको आरोप लगाएपछि विवाद उत्पन्न भएको बताए।