उपसभामुख पद खारेजीको माग,राज्यको धेरै खर्च हुने पद किन: सांसद सिंह


खबरस्टोरी संवाददाता
२५ जेष्ठ २०७९, बुधबार
उपसभामुख पद खारेजीको माग,राज्यको धेरै खर्च हुने पद किन: सांसद सिंह
 काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद आवश्यक नभए खारेजीको माग राखेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले उपसभामुख पद आवश्यक नभए खारेज गर्नु ठिक  हुने माग गरे  । ‘यदि राज्यको धेरै खर्च हुन्छ भने उपसभामुख  पद किन राख्नु,सधैंका लागि खारेज गरौँ,’ सांसद सिंहको प्रश्न छ ।

यदि सरकारलाई समिति चाहिँदैन भने खारेज गरेर सांसदलाई अन्यत्र सारौं, 'सांसद सिंहले भने।