उपसभामुखको निर्वाचन असार ३१ गते हुने


खबरस्टोरी संवाददाता
२९ असार २०७९, बुधबार
उपसभामुखको निर्वाचन असार ३१ गते हुने
काठमाडौँ। लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन असार ३१ गते अर्थात् शुक्रबार हुने भएको छ । आजको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचन असार ३१ गतेका लागि तोकेको जानकारी दिए। 

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै तीन वर्षदेखि रिक्त छ ।