विप्लव नेकपाले राख्यो कानुनमन्त्री बडुको घरमा कालो झण्डा


खबरस्टोरी संवाददाता
१२ फाल्गुन २०७८, बिहीबार
विप्लव नेकपाले राख्यो कानुनमन्त्री बडुको घरमा कालो झण्डा

काठमाण्डौँ ।  कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूको गृहजिल्ला दार्चुला सदरमुकामस्थित घरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका  कार्यकर्ताहरूले कालो झण्डासहित ब्यानर राखेका छन् ।

एमसीसीको विरोधमा मन्त्री बडूको घरमा बिहीबार कालो झण्डा र ब्यानर टासेको जनाइएको छ । मन्त्री बडूको दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिका वडा नं. ०५ मा  रहेको घरमा कालो झण्डासहित ब्यानर टाँगेर एमसीसीको विरोजनएको छ ।

विप्लवका कार्यकर्ताहरूले मन्त्री बडूको घरमा कालो झण्डा राखेको विषयमा प्रहरी बेखबर रहेको छ । विप्लवका कार्यकर्ताहरूले बिहीबार दार्चुला सदरमुकाम खलंगामा पनि एमसिसिको विरोधमा प्रर्दशन गरेका छन् । 

बडूको घरमा टाँगिएको ब्यानरमा एमसीसी खारेज, राष्ट्रिय स्वाधिनताको रक्षा गर, देश बेच्न पाइदैन, दलाल सरकार चाहिदैन लगायतका नारा लेखिएका छन् ।