विप्लव र वैद्य माओवादीका नेता–कार्यकर्ता नेकपामा


खबरस्टोरी संवाददाता
१४ माघ २०८२, मंगलवार
विप्लव र वैद्य माओवादीका नेता–कार्यकर्ता नेकपामा

काठमाडौं । सीपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी (नेकपा) र विप्लव माओवादीका एक दर्जन बढी नेता कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । 

क्रान्तिकारी कम्युनिस्ट पार्टीका बैकल्पिक केन्द्रीय सदस्यहरु भीम चापागाईँ र बालकृष्ण ओली तथा केन्द्रीय सदस्यहरु सूर्य तिमिल्सिना, शिव धिमाल, सूर्य भुजेल लगायत नेता कार्यकर्ताहरु नेकपा प्रवेश गरेका हुन् । 

गजुरेलले मंगलबार नै विज्ञप्ति जारी गरि उनीहरुलाई अनुशासन विपरित कार्य गरेको भन्दै पार्टीबाट निस्काशित गरिएको बताएका छन् । नेकपा प्रवेश गरेका उनीहरुलाई मंगलबार पेरिशडाँडामा कार्यक्रम गरि औपचारिक पार्टी प्रवेश गराउने कार्यक्रम रहेको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ ।