विप्लव समूहको मुद्दा चुनावअघि नै फिर्ता गर्ने सरकारको तयारी


खबरस्टोरी संवाददाता
२९ चैत्र २०७८, मंगलवार
विप्लव समूहको मुद्दा चुनावअघि नै फिर्ता गर्ने सरकारको तयारी
काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता–कार्यकर्ताको मुद्दा स्थानीय तह निर्वाचन अगाडि नै फिर्ता गर्ने तयारी गरेको छ । 

व्यक्ति हत्या, विस्फोट/आगजनी, चन्दा असुलीलगायत विध्वंसात्मक र हिंसात्मक गतिविधि गरेको अभियोगमा विभिन्न कारागारमा पुर्पक्षमा रहेका करिब ४० जनाको मुद्दा फिर्ता लिन गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको मंगलबार पत्रपत्रिकाले समाचार प्रकाशन गरेका छन् । 

मुद्दा फिर्ता लिन गृह मन्त्रालयले रायका लागि महान्यायाधिवक्ता कार्यालयमा पत्र पठाएको छ । गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले सरकार र चन्द समूहबीच भएको तीनबुँदे सम्झौताअनुसार कानुनबमोजिम मुद्दा फिर्ताका लागि अध्ययन भइरहेको बताए । यसकै लागि महान्यायाधिवक्ता कार्यालयसँग राय मागिएको उनले जानकारी दिए । रेग्मीका अनुसार गृहबाट छुट्टाछुट्टै चारवटा फाइल महान्यायाधिवक्ता कार्यालय पुगेको छ ।

प्रतिबन्धअघि र पछि चन्द समूहको हिंसात्मक गतिविधिबाट प्रहरी, शिक्षक, सर्वसाधारणलगायत ६ जनाले ज्यान गुमाएका थिए । चन्द समूहका ७ जना आफैंले थापेको धरापमा र ४ जना प्रहरी कारबाहीमा मारिएका थिए ।