विप्लवद्वारा चुनावमा नजाने निर्णय


खबरस्टोरी संवाददाता
१६ चैत्र २०७८, बुधबार
विप्लवद्वारा चुनावमा नजाने निर्णय
काठमाडौं।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थानीय तहको निर्वाचनमा भाग नलिने निर्णय गरेको छ। कपिलवस्तुको शिवगढीमा ११ दिनसम्म चलेको केन्द्रीय समिति बैठकले पार्टी दर्ता गरेर निर्वाचनमा सहभागी नहुने, तर प्रगतिशील शक्तिलाई समर्थन गर्ने निर्णय गरेको हो । 

विप्लव नेतृत्वको नेकपाको आधिकारिक अनलाइन इरातोखबरले सम्पादकीय लेखेर चुनावमा नजाने निर्णय गरेको उल्लेख गरेको छ । उक्त दलले चुनावबाट संसदीय व्यवस्थालाई जनताको व्यवस्था वैज्ञानिक समाजवादमा परिवर्तन गर्न सम्भव नरहेको निष्कर्ष समेत निकालेको छ । विप्लवले चुनाव उपयोगमा नजाने निष्कर्ष समेत निकालिको छ ।