सरकारले काठमाडौँको टुँडिखेलमा विशेष समारोहकाबीच गणतन्त्र दिवस मनाएको छ । पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथ यस दिवस मनाइएको हो ।
समारोहमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्याधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना लगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।