यो सरकार गरिबहरुको होइन : शान्ता चौधरी


खबरस्टोरी संवाददाता
२० जेष्ठ २०७९, शुक्रबार
यो सरकार गरिबहरुको होइन : शान्ता चौधरी
काठमाडौँ । नेकपा एमालेकी सांसद शान्ता चौधरीले अहिलेको गठबन्धन सरकार गरिबहरुको नभएर धनीहरुको भएको दाबी गरेकी छिन् ।

शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा बोल्दै सांसद चौधरीले यो सरकारले  देशमा गरिब र मजदुरी गर्ने मान्छेहरु छन् भन्ने पतो नै नपाएको बताएकी छिन्। 

उनले आफुलाई क्रान्तिकारी भन्ने माओवादी केन्द्र पनि सरकारमा नै भइरहदा यसरी जनताको ढाड सेक्ने गरी मुल्य वृद्धि भैरहदा पनि केही बोल्न नसकेको बताउदै सरकारले गरेको मृल्य वृद्धिको घोर निन्दा र भत्सना समेत गरेकी छिन् । 

सांसद चौधरीले मुल्य वृद्धि हुनुको कारण पत्ता लगाउन र त्यसको समाधान गर्नको लागि संसदिय समिति गठन गरेर छलफल गर्नु पर्ने बताएकी छिन् ।