यौन हिंसासम्बन्धी विधेयक संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत


खबरस्टोरी संवाददाता
२७ जेष्ठ २०७९, शुक्रबार
यौन हिंसासम्बन्धी विधेयक संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत
काठमाडौं।  यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ लाई छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्तावलाई स्वीकृत गरिएको छ । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकले सो विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको हो । 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए । बैठकले सर्वसम्मतले स्वीकृत गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।