काठमाडौं । राप्रपा केन्द्रीय सदस्य युवती कार्कीले राप्रपा परित्याग गरेकी छन् । उनले मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई राजीनामा बुझाएकी हुन् । राप्रपा परित्याग गरेकी युवती कमल थापा नेतृत्वको राप्रपा नेपालमा गएकी छन् ।
भक्तपुरमा क्रियाशील कार्कीले साधारण सदस्यदेखि केन्द्रीय सदस्यसमेत नरहने गरी राजीनामा दिएको युवतीले राजीनामा पत्रमा उल्लेख गरेकी छन् । पार्टी स्थापनाकालदेखि नीति, सिद्धान्त र संगठन विस्तारमा लागेकोमा हाल विविध विचलन देखिएको उनको आरोप छ ।