एनआरएनएका तीनै अध्यक्षद्धारा पदबहाली


खबरस्टोरी संवाददाता
१४ चैत्र २०७८, सोमबार
एनआरएनएका तीनै अध्यक्षद्धारा पदबहाली
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा बद्री केसी तथा रविना थापाले पदबहाली गरेका छन्।

संघको केन्द्रीय कार्यालयमा उनीहरुले पदबहाली गरेका हुन्। निवर्तमान अध्यक्ष कुमार पन्तले तीनै जना अध्यक्षहरुलाई खादा र माला लगाएर पदबहाली गराएका थिए। आइतबार अबेर संघको दशौं महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरेको थियो ।