सामसङ्गले ल्यायो ए आइ–इनेबल्ड इकोबब्बल वासिङ्ग मेशिन


खबरस्टोरी संवाददाता
२२ जेष्ठ २०७९, आईतवार
सामसङ्गले ल्यायो ए आइ–इनेबल्ड इकोबब्बल वासिङ्ग मेशिन
काठमाडौं। इलेक्ट्रोनिक्स ब्रान्ड सामसङ्गले आफ्नो २०२२ को नयाँ लाइन अप अन्तर्गत पूर्णतया आर्टिफिसियल इन्टेलिजेन्स स्वचालित फ्रन्ट लोड वासिङ्ग मेशिनहरु प्रस्तुत गरेको छ। 

यी नयाँ एआइ एकोबब्बल वासिङ्ग मेशिनहरु सहज धुलाईको अनुभवका लागि नयाँ एआइ कन्ट्रोल विशेषतासहितका छन् भनें उपभोक्ताहरुको चाहना अनुरुप ८ केजी र ९ केजीसम्मको क्षमतायुक्त मोडलहरु रहेको कम्पनीले जनाएको छ।

२०२२ का वासिङ्ग मेशिनहरु ४ नयाँ मोडलहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।