वेबसाइटहरुको मापन गर्ने ‘एलेक्जा’ औपचारिक रुपमा बन्द


खबरस्टोरी संवाददाता
१९ बैशाख २०७९, सोमबार
वेबसाइटहरुको मापन गर्ने ‘एलेक्जा’ औपचारिक रुपमा बन्द
काठमाडौँ। विश्वव्यापी रुपमा वेबसाइटहरुको मापन गर्ने प्लेटफर्म ‘एलेक्सा’ बन्द भएको छ । मे १ देखि लागू हुनेगरी अमेजनले सेवा बन्द गरेको हो । 

कम्पनीले सन् २०२२  मे १ देखि एलेक्साको सेवा बन्द भएको जानकारी आफ्नो वेबसाइटमार्फत दिएको छ । यसअघि नै कम्पनीले एलेक्सा बन्द गर्ने घोषणा गरेको थियो । गत डिसेम्बरदेखि नै एलेक्साले नयाँ सब्सक्रिप्सन रोकेको थियो भने, हाल सब्सक्रिप्सनको अवस्थामा रहेकाहरुले भने डेटा प्राप्त गर्न सक्ने छन् ।

एलेक्साले कुनै पनि वेबसाइटमा आउने ट्राफिक डेटाका आधारमा वेबसाइटहरूको र्‍याङ्किङ  मापन गर्ने गर्थ्यो। नेपालमा पनि यो साइट हेरेर आफ्नो साइटको  र्‍याङ्किङ  हेर्ने गरेका थिए। एलेक्साले कुनै पनि वेबसाइटको सर्च इन्जिन अप्टमाइजेसन (एसइओ), अन्य प्रतिस्पर्धी कम्पनीको वेबसाइटको एनालिटिक डेटा समेत उपलब्ध गराउँदै आएको थियो।

त्यस्तै कम्पनीले सेवा बन्द गरेको जानकारी दिएपनि के कारणले अप्रिय निर्णय लिनुपर्यो भन्नेबारे भने स्पष्ट पारेको छैन ।