१० वर्षमा पहिलोपटक घट्यो नेटफिल्क्सको ग्राहक संख्या


खबरस्टोरी संवाददाता
७ बैशाख २०७९, बुधबार
१० वर्षमा पहिलोपटक घट्यो नेटफिल्क्सको ग्राहक संख्या
एजेन्सी । पछिल्लो १० वर्षमा नेटफिल्क्सको स्बस्क्राइबर संख्या पहिलोपटक घटेको छ। जायन्ट स्ट्रिमिङ कम्पनीले पछिल्लो १०० दिनमा मात्रै २ लाख बढी ग्राहक गुमाएको छ।

‘स्ट्रिमिङ कस्ट’ मूल्य बढाएपछि अमेरिका, बेलायत लगायत आफ्नो मुख्य बजार रहेको देशमा नेटफिल्क्सको ग्राहक संख्या घटेको हो। यस्तै, युक्रेनमाथि आक्रमण गरेपछि रसियामा स्ट्रिमिङ बन्द गर्नाले पनि कम्पनीको गाह्रक संख्या घटेको हो। रसियामा सेवा बन्द गर्दा नेटफिल्क्सका ७ लाख ग्राहक प्रभावित भएका छन्। यस्तै, सेवाको मूल्य बढाएसँगै अमेरिका र क्यानडाबाट ६ लाख गाह्रकले सेवा पुन: प्रयोग गरेनन् ।

नेटफिल्क्सले आउने समयमा थप ग्राहक घट्ने आकलन गरेको छ। पासवर्ड सेयरिङको कारण पनि ग्राहक संख्यामा कमी आएको नेटफिल्कसको दाबी छ। हालको समयमा नेटफिल्क्सको २२० मिलियन स्बस्क्राइबर रहेका छन्।