काठमाडौं। बकर इदको अवसरमा सरकारले असार २६ गते देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । २०७८ फागुन २६ गते राजपत्रमा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदको बेला बिदा दिने भनेर उल्लेख गरिएकाले सोही अनुसार बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।
बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विदा दिने निर्णय गरेको हो ।
इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (ईद उल अजहा)को अवसरमा विदा दिने निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।