भ्रष्टाचार आरोपमा विद्यालयको अध्यक्ष र प्रधानाध्यापकविरुद्ध मुद्दा दायर


खबरस्टोरी संवाददाता
२८ असार २०७९, मंगलवार
भ्रष्टाचार आरोपमा विद्यालयको अध्यक्ष र प्रधानाध्यापकविरुद्ध मुद्दा दायर
काठमाडौँ। पर्साको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको निर्माण समितिका अध्यक्ष कन्हैया साह कानुसमेत ३ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरुले ११ लाख ९५ हजार रुपैयाँ घोटाला गरेको पुष्टी भएको जनाउँदै अख्तियारले आज मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

 मुद्दा दायर गरेका अन्यमा रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक तथा सदस्य सचिव रामवचन प्रसाद र सदस्य रामचन्द्र कानु रहेका छन् । 

उनीहरुले अस्वभाविक रुपमा रकम पेश्की उपलव्ध गराएको, पेश्कीबाट विद्यालय निर्माणको कुनै कार्य नगरेको तथा पेश्कीबापतको रकम हालसम्म विद्यालयको खातामा दाखिलासमेत नगरेको अनुसन्धान गर्दा पाइएको अख्तियारले जनाएको छ ।