बिपी राजमार्गमा मिनी बस र टाटा सुमो एक आपसमा ठोक्किंदा ५ जनाको मृत्यु


खबरस्टोरी संवाददाता
२१ बैशाख २०७९, बुधबार
बिपी राजमार्गमा मिनी बस र टाटा सुमो एक आपसमा ठोक्किंदा ५ जनाको मृत्यु
काठमाडौँ । बिपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालीका –११ मा मिनी बस र टाटा सुमो एक आपसमा ठोक्किंदा एक बालकसहित ५ जनाको ज्यान गएको छ । 

भारतिय तिर्थयात्री बोकेर काठमाडौँबाट जादै गरेको मिनी बस र काठमाडौँ तर्फ आउदैँ गरेको सुमो एक आपसमा ठोकिदा ५ जनाको घटनास्थलमै निधन भएको र २५ जना भन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरी खतिवडाले बताए । 

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ भने मृतकहरुको सनाखत हुन बाँकी रहेको खतिवडाले जानकारी गराए ।