जग्गा धितो राखेर बैंकबाट ऋण लिन नपाइने !


खबरस्टोरी संवाददाता
३१ जेष्ठ २०७९, मंगलवार
जग्गा धितो राखेर बैंकबाट ऋण लिन नपाइने !
काठमाडौं । नेपाल सरकारले जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिन ऋण लिन बन्द  गरेको छ । भूमि व्यवस्था मन्त्रालयले जेठ २७ गते राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्र पठाउँदै चार किल्ला खुलाएर कृषि क्षेत्र नतोकेसम्म जग्गासम्बन्धी विभिन्न कारोबार गर्न बन्देज लगाएको हो।

सरकारले बैंक तथा वित्तीय संस्थाबाट जग्गा धितो रोक्का राख्न खेतीयोग्य (कृषि क्षेत्र) वा गैर कृषि क्षेत्रमा वर्गीकरण गरेर मात्रै पास हुने व्यवस्था गरेकाे छ । सोहि अनुसार कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेसँगै ग्राहकले जग्गा धितोमा ऋण लिन नपाएका हुन् ।

तोकिएको मापदण्ड अनुसार वर्गीकरण नभएसम्म बैंक, वित्तीय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो/बन्धक पारित गर्न पाइनेछैन । यो निर्णय भएसँगै जग्गा धितो राखेर बैंकबाट कर्जा वा ऋण नपाइने भएको छ ।