सरकारले बैंक तथा वित्तीय संस्थाबाट जग्गा धितो रोक्का राख्न खेतीयोग्य (कृषि क्षेत्र) वा गैर कृषि क्षेत्रमा वर्गीकरण गरेर मात्रै पास हुने व्यवस्था गरेकाे छ । सोहि अनुसार कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेसँगै ग्राहकले जग्गा धितोमा ऋण लिन नपाएका हुन् ।
तोकिएको मापदण्ड अनुसार वर्गीकरण नभएसम्म बैंक, वित्तीय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो/बन्धक पारित गर्न पाइनेछैन । यो निर्णय भएसँगै जग्गा धितो राखेर बैंकबाट कर्जा वा ऋण नपाइने भएको छ ।