कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु


खबरस्टोरी संवाददाता
३० जेष्ठ २०७९, सोमबार
कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं। काठमाडौँको कोटेश्वरमा गएराती मिनि ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाँउपालिका–५ घर भई हाल काठमाडौंको काडाँघारी बस्ने अन्दाजी ३४ बर्षीया सम्झना राई रहेकी छिन् । 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी राईको महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको हो । 

कोटेश्वरबाट जडिबुटी तर्फ जादै गरेको ना ५ ख २८१९ नम्बरको मिनी ट्रकले सोही दिशा तर्फ जाँदै गरेको बा ७१ प ३०५४ नम्बरको मोटरसाइकललाई गएराती पौने १० बजे ठक्कर दिएको थियो । 

दुवै सवारी साधन र चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।