मुक्त कमैया शिवीरमा आगलागी हुँदा ५० घर जलेर नष्ट


खबरस्टोरी संवाददाता
१२ बैशाख २०७९, सोमबार
मुक्त कमैया शिवीरमा आगलागी हुँदा ५० घर जलेर नष्ट
काठमाडौँ ।  कैलाली जिल्लाको कैलारी गाउँपालीका– ७ वितपुर मुक्त कमैया शिवीरमा आगलागी हुँदा ५० घर जलेर नष्ट भएका छन् । 

रामपुरका भलमन्सा रामलाल चौधरीका अनुसार हाल सम्म आगो नियन्त्रणमा आइसकेको छैन् । गँहुमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्केको हुन सक्ने उनको अनुमान छ । उक्त शिवीरमा ७० भन्दा बढी घरधुरी रहेका छन् । 

स्थानियवासी र टीकापुरबाट आएको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।