पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुल्यो


खबरस्टोरी संवाददाता
२१ असार २०७९, मंगलवार
पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुल्यो
काठमाडौँ। वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग खुलेको छ। स्काभेटरको प्रयोग गरेर सडकमा खसेका ढुङ्गा, माटो र रूखहरु पन्छाएपछि मंगलवार बिहान १०:३० देखि सडक पुनः सञ्चालनमा आएको हो।

पहिरोले  मध्यपहाडी लोकमार्ग गएरातिदेखि अवरूद्ध भएको थियो। मंगलवार बिहानै सडक डिभिजन कार्यालय र बागलुङ नगरपालिकाको सहकार्यमा स्काभेटर परिचालन गरेर सडक सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।

बागलुङ नगरपालिका र काँठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेको थियो। उक्त खण्डको ठाउँठाउँमा स-साना पहिरा खसेका थिए। सडक पुनः सञ्चालनमा आएसँगै लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन गन्तव्यतर्फ गइरहेका छन्।