खरखरे भीरमा ठुल्ठूला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध बनाएपछि यात्रुहरू गन्तव्यतर्फ जान पाएका छैनन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदिश रेग्मीका अनुसार पहिरोले १०–१५ मिटर सडक अवरुद्ध बनाएको छ ।
डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालय लमजुङले एस्काभेटरको सहयोगले सडक खुलाउने प्रयास गरेको आयोजनाका प्रमुख अच्युतबिलास पन्तले बताए ।