प्रसाईँलाई दिएको उपहार ‘बेली डान्सको लौरो’


खबरस्टोरी संवाददाता
५ असार २०७९, आईतवार
प्रसाईँलाई दिएको उपहार ‘बेली डान्सको लौरो’
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ को विषयले चर्चा पाएको छ । 

यूइएईका राजकुमार उपहार स्वरुप दिएको लौरो दुबई, साउदी अरेबिया लगायत विभिन्न तेस्रो मुलुकमा बेली डान्समा प्रयोग हुने गरेको छ । खासगरी सुन अथवा चाँदीकाे जलप लगाएर बनाइएकाे यस्तो लौरोको प्रयोग गर्ने गरिन्छ । 

बेली डान्सको यस्तो किसिमको लौरो लिएर गरिने नृत्य निकै रमाइलो हुने गर्दछ । बेली डान्समा राजकुमारले उपहार दिएको जस्तै लौरो लिएर नृत्य गरिन्छ भने कतिपय एक ठाउँमा फिक्स गरेर राखिएको लौरोमा युवतीहरु नृत्य गर्ने गर्दछन् । 

यूएई राजकुमारले उपहार दिएको भनिएको सुनको लौरोमा सुनको जलप मात्रै हो कि सिङगो लौरो नै सुनको हो भन्ने अझै खुलेको छैन । यद्यपि यति ठूलो सुनको लौरो विना भन्सार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजकुमार शेखले ल्याउँदा पनि सुरक्षा निकायले कसरी पार गर्न दियो भन्ने कुरा अनुसन्धानको विषय भइरहेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले  राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे भन्सार कार्यालयले छानबिन थालेको बताए ।

भीभीआईपीले विमानस्थल प्रयोग गर्दा विशिष्ट कक्ष प्रयोग गर्न पाउने सुविधा रहे पनि मापदण्डविपरीतका वस्तु ओसारपसार गर्न नपाउने उनले बताए । भीभीआईपी आफैं जिम्मेवार व्यक्ति हुने भएकाले चेकजाँचमा सामान्य यात्रुसरह कडाइ नहुनेसमेत भट्टराईले जानकारी दिए ।

लौरो कुन माध्यमबाट झापा पुग्यो भन्नेबारे विमानस्थलस्थित भन्सार कार्यालय अनविज्ञ छ ।

राजकुमारले दिएको उपहारको विषयमा मेडिकल ब्यापारी प्रसाईँको समय सामाजिक सञ्जालहरुमा आलोचना भएका छन् । यद्यपि राजकुमारले आफूलाई उपहार सरकारलाई दिनेसमेत प्रसाईँले घोषणा गरिसकेका छन् ।