साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर नछुट्याउनेलाई महानगरले ५०० रुपैयाँ जरिबाना गर्ने


खबरस्टोरी संवाददाता
९ असार २०७९, बिहीबार
साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर नछुट्याउनेलाई महानगरले ५०० रुपैयाँ जरिबाना गर्ने
काठमाडौं । आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहोरको वर्गीकरण नगरे हरेक पटक जरिबाना लाग्ने भएको छ। काठमाडौं महानगरपालिकाले फोहोरको सहज व्यवस्थापनको लागि आगामी साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्न लागेको हो।

महानगरपालिकाले सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगर्नेलाई ५०० रुपैयाँ जरिबाना गर्ने चेतावनी दिएको छ। कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार फोहोर सङ्कलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक जरिबाना गरिने छ।

महानगरपालिका, सिसडोल र बञ्चेरडाँडा ल्याण्डफिल साइटका प्रभावित स्थानीयवासी र स्थानीय तहसँग आगामी साउन १ गतेदेखि स्रोतमै  फोहोरको वर्गीकरण गर्ने सहमति भएको छ।