यसअघि जेठ १७ गतेका लागि पेसी तोकिए पनि अवकाश पाइसकेका डीआईजीहरूले दर्ता गरेको रिट पनि एकै ठाउँमा राखेर हेर्ने आदेश भएको तर विपक्षीका नाममा म्याद तामेल भइसकेको भन्दै सर्वोच्चले जेठ ३० का लागि पेसी तोकेको थियो ।
एआईजीपी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजी धीरजप्रताप सिंहलाई आईजीपी बनाएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए ।
गत वैशाख १९ मा अवकाश पाइसकेका डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजङ कार्कीले एआईजी सिफारिसविरुद्ध दर्ता गरेको रिटमा पोखरेलले आईजीपी बढुवाविरुद्ध दर्ता गरेको रिटलाई पनि एकसाथ राखेर हेर्ने अदालतले आदेश गरेको थियो ।