पोखरेल र थापा एआईजी बनेको एक वर्षपछि मात्रै सिंह एआईजीमा नियुक्त भएका थिए । त्यसैले पोखरेल र थापाले वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग राखेका छन्।
एआईजी पोखरेलले आफ्नोतर्फबाट रिट निवेदन सर्वोच्चमा गइसकेको र दर्ता प्रक्रियामा रहेको बताएका छन् भने सहकुल थापाको तर्फबाट पनि रिट दायर हुने भएको छ ।
गृह मन्त्रालयले विश्वराजलाई पहिलो नम्बरमा राखेर आईजीपी बढुवाका लागि सिफारिस गरेको भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा सिंहलाई आईजीपी बनाइएको थियो ।