काठमाडौं। आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अन्तरिम आदेशको माग गर्दै एआईजी विश्वराज पोखरेलले आइतबार दायर गरेको रिट निवेदन सर्वोच्चले अस्वीकार गर्दै १७ जेठमा पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ ।
न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। बुधबारदेखि न्यायाधीश माथेमाको इजलासमा दुई पक्षीय बहस भएको थियो। सर्वोच्चको यो आदेशसँगै नवनियुक्त आईजीपी धिरजप्रताप सिंह लाई काम गर्ने बाटो खुलेको छ । सरकारले धिरजप्रताप सिंहलाई गत आइतबार आईजीपी नियुक्त गरेको थियो । त्यसको विरुद्धमा एआईजीपी विश्वराज पोखरेलले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।