न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासमा परेको मुद्धामा पक्ष विपक्षबीच बहस चलेको छ ।वैशाख १९ गते सरकारको निर्णयविरुद्ध दायर भएको रिटमा सुनुवाइ सुरु हुनुअघि सरकार पक्ष हस्तक्षेपकारी भुमिकामा देखिएको छ ।
खासगरि प्रारम्भिक सुनुवाइका क्रममा सामान्यतः कानूनी उपचारका लागि अदालत जाने पक्षले आफ्नो भनाइ राखेपछि एकल इजलासले अर्को पक्षसँग लिखित जवाफ माग्ने, अन्तरिम आदेश दिने वा अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश गर्छ । त्यसपछि मात्र विपक्षले आफ्नो प्रतिरक्षा गर्दछ । तर आज सुनुवाईको पहिलो दिनमा नै दोहोरो बहस भएको छ। सुनुवाइको पहिलो दिनमा नै सरकारी पक्षको उपस्थितिले मुद्धामा हस्तक्षेपको संकेत देखिएको छ ।
इजलासमा महान्यायाधिवक्ता कार्यालयका तर्फबाट बहसमा सरिक हुन पाउँ भन्दै निवेदन पेस भएको थियो। सरकारी पक्षको निवेदन इजलासले स्वीकार गरेपछि पहिलो सुनुवाइमै दोहोरो बहस भएको हो ।
महान्यायाधिवक्ता खाती स्वयंम सर्वोच्चमा
सरकारको निर्णयको समर्थनमा महान्यायाधिवक्ता खम्मबहादुर खाती आफै इजलासमा उपस्थित भएका छन् ।महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकारका रुपमा लिईन्छ ।यसैले सरकारको निर्णयको बचाउमा खाती आफै अदालतसम्म पुगेका हुन् ।
सरकारले आफूलाई सक्षम लागेको व्यक्तिलाई प्रहरी संगठनको नेतृत्व दिन सक्ने र यो विशुद्ध कार्यकारीको अधिकार सरकारसँग छ त्यसकारण यो मुद्धामा अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिदैन भन्दै बहस गरेका थिए ।