आईजीपी नियुक्तिविरूद्धको रिटमा सरकारी वकिलको बहस जारी


खबरस्टोरी संवाददाता
१३ असार २०७९, सोमबार
आईजीपी नियुक्तिविरूद्धको रिटमा सरकारी वकिलको बहस जारी
काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध परेको रिटमा अहिले विपक्षी अर्थात् सरकार पक्षको बहस सुरु भएको छ।

धीरजप्रताप सिंहको नियुक्तिमा असन्तुष्टि जनाउँदै एआईजी विश्वराज पोखरेलले वैशाख १९ गते सर्वोच्च अदालत दायर गरेको रिटमा प्रतिवादीकोतर्फबाट चार सरकारी वकिलले बहस जारी राखेका हुन् ।  महान्यायाधिवक्ता कार्यालयको तर्फबाट शोभाकान्त भण्डारीले बहस सुरु गरेका छन् । 

यसअघि जेठ ३० गते र असार ५ गते रिट निवेदक एआईजी विश्वराज पोखरेलको तर्फबाट बहस भएको थियो। तर आज भने इजलासले विपक्षीलाई समय दिएको हो। सरकारी वकिल कार्यालयका तर्फबाट पनि बहसका लागि दुई दिन समय पाउनेछन्। महान्यायाधिवक्ताको कार्यालय र आईजीपी धिरजप्रताप सिंहको तर्फबाट निजी कानुन व्यवसायीले बहस गर्ने छन्।

बहस गर्ने सरकारी वकिलहरु

१. सह-न्याधिवक्ता शोमकान्त भण्डारी 

२. सह-न्याधिवक्ता खेमराज ज्ञवाली

३. नायव महान्यायाधिवक्ता : कृष्ण जीबी घिमिरे

४.  महान्यायाधिवक्ता : खम्म बहादुर खाती