आईजीपी नियुक्तिविरुद्धको रिटको सुनुवाइ आज


खबरस्टोरी संवाददाता
२१ बैशाख २०७९, बुधबार
आईजीपी नियुक्तिविरुद्धको रिटको सुनुवाइ आज
काठमाडौं । नेपाल प्रहरीमा विवादित आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिटको पहिलो सुनवाइ आज हुने भएको छ ।गत सोमबार पोखरेलले आईजीपीमा धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध रिट दायर गरेका थिए । उनले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अगाडि रहेकाले सिंहको नियुक्ति कानुनविपरीत रहेको दायर रिटमा उल्लेख गरेका छन् ।

पोखरेल सिंहभन्दा १६ महिना पहिले एआईजी भएका थिए । आइतबारको मन्त्रिपरिषद् बैठकले वरिष्ठ एआईजीलाई पाखा लगाउँदै कनिष्ठ एआईजी सिहंलाई आईजीपी नियुक्त गरेको थियो ।