आईजीपी विवाद मुद्दा हेर्दाहेर्दैमा


खबरस्टोरी संवाददाता
२२ बैशाख २०७९, बिहीबार
आईजीपी विवाद मुद्दा हेर्दाहेर्दैमा
काठमाडौं ।  प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाका विषयमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

 बुधबार सर्वोच्च अदालतमा भएको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।एआईजीपी विश्वराज पोखरेलले आफू सिनियर हुँदा समेत जुनियरलाई आईजी बनाएको भन्दै दायर गरेको रिटमाथि न्यायधिस सुष्मालता माथेमाको एकल इजलासमा सुनुवाइ भएको थियो। मुद्दालाई भोलि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ।

बुधबार सरकारको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित चार जना अधिवक्ताले बहस गरेका छन्। महान्यायाधिवक्ता खातीसँगै वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ताहरू टिकाराम भट्टराई  भीमार्जुन आचार्य लगायतले बहस गरेका थिए ।बहसका क्रममा सरकारका तर्फबाट बहस गर्ने अधिकाशं अधिवक्ताहरुले बिदामा बसेको व्यक्तिलाई अन्तरिम आदेश जारी हुन नसक्ने जिकिर गरेका थिए । 

पोखरेलको तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलको नेतृत्वमा हरिहर दाहाल, मेघराज पोखरेल, ललित बस्नेतलगायत कानुन व्यवसायीले बहस गरेका छन ्।