आईजीपी नियुक्तिमा प्रधानमन्त्री र गृहमन्त्रीको रोजाइमा फरक–फरक व्यक्ति परेपछि...


खबरस्टोरी संवाददाता
१८ बैशाख २०७९, आईतवार
आईजीपी नियुक्तिमा प्रधानमन्त्री र गृहमन्त्रीको रोजाइमा फरक–फरक व्यक्ति परेपछि...
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको को रोजाइमा फरक–फरक व्यक्ति परेपछि प्रहरी प्रमुख  आईजीपी नियुक्तिमा रडाको मच्चिएको छ । 

गृह मन्त्रालयले नेपाल प्रहरीका नयाँ आईजीपीको लागि एआईजी विश्वराज पोखरेललाई सिफारिस गरेको छ ।  तर, प्रधानमन्त्री देउवाले भने वरीयताको तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाउने अडान लिएका छन् ।

जसले गर्दा गृह मन्त्रालयको सिफारिस फेल हुने देखिएको छ । गृह मन्त्रालय स्रोतका अनुसार देउवाले सिंहलाई नै आईजीपी बनाउने अडान लिएका हुन् । आइतबारको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गर्ने गृह मन्त्रालय स्रोतको दाबी छ । 

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीभित्र रहेको चेनअफ कमाण्डलाई नभत्काउने आशय व्यक्त गरेका थिए । सोही अनुसार पोखरेललाई नै आईजीपी बनाउनुपर्ने उनको माग थियो ।