आयल निगमको भलबारी प्रादेशिक डिपोमा लागेको आगो नियन्त्रण


खबरस्टोरी संवाददाता
१३ जेष्ठ २०७९, शुक्रबार
आयल निगमको भलबारी प्रादेशिक  डिपोमा लागेको आगो नियन्त्रण
काठमाडौँ  । नेपाल आयल निगमक रुपन्देही भलबारीस्थित निगमभित्र राखेको तेल बोक्ने २ वटा ट्यांकरमा आगलागी भएको छ । शुक्रबार पौने १२ बजेको समयमा तेल खनाउने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्रयाङ्करमा आगजनी भएको थियो ।

लागलागीबाट लु २ ख २६५६ नम्बरको ट्रयाङ्कर पूर्ण रुपमा क्षति र लु २ ख ५६८५ नम्बरको ट्रयाङ्करमा आंशिक रुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिएका छन् ।

ट्रयाङ्करका हेल्पर तिलोत्तमा नगरपालिका ९ का १८ वर्षीय विजेश चौधरीआगलागीबाट घाइते भएको प्रहरी प्रवक्ता पौडेलले बताए । उनको हात र खुट्टा जलेको छ।

घाइते चौधरीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको  छ ।  सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलले आगो नियन्त्रणमा लिएका थिए ।