अभिनेता पल शाह प्रहरीको नियन्त्रणमा


खबरस्टोरी संवाददाता
१५ फाल्गुन २०७८, आईतवार
अभिनेता पल शाह प्रहरीको नियन्त्रणमा

काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाह पक्राउ परेका छन् । जाहेरी परेको तीन दिन पछि उनले आज तनहुँ प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् ।  

जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जवरजस्ती करणीको किटानी जाहेरी दिएकी थिइन् । जाहेरी परेयता उनी फरार बनेका थिए । आज उनले आफैं प्रहरीमा उपस्थित हुने भन्दै फेसबुकमा स्टाटस हालेका थिए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार काठमाडौंमा युट्यूवरले तमासा गर्ने भएकाले  पलले आफूलाई काठमाडौंमा पक्राउ नगर्न आग्रह गरेका थिए ।  उनले आफूमाथि लागेकाे आराेपलाई भने सार्वजनिक रूपमा अस्वीकार गर्दै आएका छन् ।