सर्वोच्च अदालतमा न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त मुद्दामा सुनुवाइ भइरहेको हो। गत शुक्रबार नै ‘हेर्दाहेर्दै’ मा राखिएको मुद्दाको सुनुवाइ सकिएको थिएन।नेता आलममाथि २०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँट्टाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगको मुद्दा छ।
जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो।जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले समेत सदर गरेपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका हुन्। आलमलाई पुर्पक्षका लागि ललितपुरको नक्खु कारागारमा राखिएको छ।