पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ बर्षीय मनिष कुमार अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषा बाट खटिएको प्रहरी टोलीले अमेरिकन पेस्तोल सहित अधिकारीलाई आफ्नो नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक प्रदिपबहादुर क्षेत्रीले जनाएका छन् ।
उनको घरमा खानतलासी गर्नेक्रममा भान्सा कोठामा लुकाइ राखेको अवस्थामा एक थान पेस्तोल र एक राउण्ड गोली बरामद भएको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।