यद्यपी दुवैको बिदा भने स्वीकृत भएको छैन। आइतबार अपरान्ह दुवैले बिदाका लागि निवेदन दिएको तर अवकाश भइसकेका आईजीपी शैलेश थापा क्षेत्रीले स्वीकृत नगरेको बुझिएको छ ।एआईजीको बिदा आईजीपीले स्वीकृत गर्नुपर्छ। अब सोमबारदेखि आईजीपी धिरजप्रताप सिंह हुने भएकाले उनले नै बिदा स्वीकृत गर्ने नगर्ने निर्णय गर्नुपर्नेछ। सिंहलाई बिहान पौने ९ बजे नै गृहसचिवले दर्ज्यानी चिन्ह लगाइदिने कार्यक्रम तय भइसकेको छ।
शैलेश थापा आज साँझै प्रधान कार्यालयबाट पनि बिदा भइसकेका छन्। आईजीपी नबनेसँगै असन्तुष्ट दुई एआईजी सर्वोच्च पुग्ने तयारीमा छन् ।