अवैध भारु कारोबारको अभियोगमा पाँच जनाविरुद्ध मुद्दा


खबरस्टोरी संवाददाता
२७ बैशाख २०७९, मंगलवार
अवैध भारु कारोबारको अभियोगमा पाँच जनाविरुद्ध मुद्दा
काठमाडौं । भारतीय रुपैयाँको अवैध कारोबार गरेको भन्दै  राजस्व अनुसन्धान विभागले पाँच जनाविरुद्ध नवलपरासी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। 

छानवीनका क्रममा नवलपरासी जिल्लाका विभिन्न स्थानमा ठेगना भएका पाँच जनाले नियम विपरीत भारतीय रुपैयाँको कारोबार तथा ओसारपसार गरेको पाइएको भन्दै मुद्दा दायर गरेको छ। ८ करोड ५३ लाख ७७ हजार ५५४ रुपैयाँ विगो दाबी  गर्दै सोही बराबरको जरिबाना माग गर्दै विभागले मुद्दा दायर गरेको हो।