भारतबाट नेपालतर्फ आउँदै गरेको बा.७६ प ४६९७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक सिलवाललाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
पर्वत, कुश्मा नगरपालिका-७ खरेहा बस्ने पर्सा सखुवा पर्सौनी गाउँपालिका-१ स्थायी ठेगाना भएका २४ वर्षीय धिरेन्द्र ओझैयालाई नियन्त्रित लागूऔषध फेनारगन ४५ एम्पुल, डाईजेपाम ४३ एम्पुल, नुर्फिन ४५ एम्पुल र सिरिन्ज ३ थान सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । धिरेन्द्रले लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई आफ्नै कोठामा बसिरहेको अवस्थामा फेला पारी तालसी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो । उनी उपर लागूऔषध सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत पर्वतबाट ६ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।